दुई दिने कार्यशालाको उद्घाटन
"मपविका उपकुलपतिज्यूको समउपस्थितिमा पाठ्यक्रम निर्माण सम्बन्धी दुई दिने कार्यशालाको उद्घाटन समारोह सम्पन्न"
आज मिति २०८१ साल साउन ०३ गते मध्यपश्चिम विश्वविद्यालय (मपवि) का उपकुलपति प्रा. डा. ध्रुब कुमार गौतमज्यूको समउपस्थितिमा मपवि ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीको आयोजना तथा इसिमोड, ग्रेप परियोजनाको सहकार्यमा स्नातक तह वातावरण विज्ञान विषयको पाठ्यक्रम निर्माण सम्बन्धी दुइ दिने कार्यशाला (Stakeholder Consultation Workshop for Designing the Curriculum of B. Sc. Environmental Sciences) को उद्घाटन समारोह सम्पन्न भएको छ ।

कार्यशालाको उद्घाटन समारोहमा बोल्नु हुदै उपकुलपति प्रा. डा. गौतमज्यूले यस कार्यशाला मार्फत मपवि ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी अन्तर्गत अध्यापन भईरहेको वातावरण विज्ञानको पाठ्यक्रम उत्कृष्ट ढंगबाट निर्माण भई आजको आवश्यकता र विश्व बजारमा पर्तिस्पर्धि विद्यार्थी उत्पादनमा सहयोग पुग्नेमा आफु विश्वस्त रहेको कुरा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा मपवि ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन तथा विद्यापरिषदका अध्यक्ष सह-प्रा. डा. सुदीप ठकुरीज्यूले ग्र्याजुएट स्कुलमा एलएमडीपी (Labor Market Driven Programs - LMDPs) को अवस्था बारे आफ्नो मतव्य प्रस्तुत गर्नु भएको थियो भने मपवि पाठ्यक्रम निर्देशनालयका कार्यकारी निर्देशक सह-प्रा. बीरबहादुर पौडेलज्यूले मध्यपश्चिम विश्वविद्यालयको एलएमडीपी नीति बारे आफ्नो भनाई राख्नु भएको थियो ।
त्यसै गरी कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका विश्वास ढकालज्यूले एलएमडीपीमा आधारित भएर पाठ्यक्रम निर्माणको आवश्यकता र आयोगको नीति तथा योजना बारे आफ्नो भनाई राख्नु भएको थियो भने इसिमोड अन्तर्गत ग्रेप परियोजनाका संयोजक कमल अर्यालज्यूले मध्यपश्चिम विश्वविद्यालय र इसिमोड/ग्रेप बीचको सम्बन्ध र सहकार्य बारे प्रकाश पार्नु भएको थियो ।

उक्त दुइ दिने कार्यशालामा प्रस्तुतीकरण, सामुहिक छलफल र सुझाब संकलन लगायतका विभिन्न सत्रहरु संचालन हुनेछन् भने विश्वविद्यालय अनुदान आयोग; मध्यपश्चिम विश्वविद्यालय; त्रिभुवन विश्वविद्यालय; काठमाण्डौ विश्वविद्यालय; उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश; भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश; नास्ट; इसिमोड; सिप्रेड, यूएसएड, जीआइजेड लगायतका संस्थाहरुबाट विषय विज्ञ तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ।
वीरेन्द्रनगर, सुर्खेतमा आयोजना भईरहेको उक्त कार्यशालाको उद्घाटन समारोहमा ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका संयोजक उप-प्रा. पुष्पराज आचार्यज्यूले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको संचालन उप-प्रा. शिवराज घिमिरेले गर्नु भएको थियो । ( https://www.mu.edu.np/bsc-environmental-sciences-workshop )