तीन दिने अनुसन्धान तालिम समापन
मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ म्यानेजमेन्ट, डीनको कार्यालय र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा मिति २०८१ बैशाख २८, २९ र ३० गते "Analyzing the Impact of Interdisciplinary Collaboration on Research Outcomes" विषयमा सञ्चालन भएको ३ दिने अनुसन्धान तालिमको मिति २०८१ बैशाख ३० गते ग्य्राजुएट स्कुल अफ म्यानेजमेन्टका डीन प्रा. डा. दीपबहादुर रावल्ज्यूको अध्यक्षतामा सफलतापूर्वक समापन भएको छ । उक्त अनुसन्धान तालिमको अन्तिम दिनको पहिलो सत्रमा Reflection and Continuous Improvement in Interdisciplinary Research विषयमा य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड साेसल साइन्सेज, केन्द्रीय विभागका सहप्राध्यापक डा. आनन्द सुबेदीज्यूले Paper presentation गर्नुभएको थियो भने अन्तिम दिनको दोस्रो सत्रमा Strategies for Effectively Managing Interdisciplinary Research Teams विषयमा मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ म्यानेजमेन्टकाका डीन प्रा. डा. दीपबहादुर रावल्ज्यूले प्रस्तुतीकरण दिनुभयको थियो साथै तेस्रो सत्रमा Fostering Inclusivity in Interdisciplinary Collaboration विषयमा मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यबस्थापन कार्यालयका प्रमुख सहप्राध्यापक डा. दिपकराज अधिकारिज्यूले प्रस्तुतीकरण दिनुभयको थियो । अनुसन्धान तालिमको अन्तिम दिनको अन्तिम सत्रमा Concluding Remarks and Action Plans for Interdisciplinary Research Training विषयको प्रस्तुतीकरण सहित ग्य्राजुएट स्कुल अफ म्यानेजमेन्टका डीन प्रा. डा. दीपबहादुर रावलज्यूले उक्त तीनदिने अनुसन्धान तालिमको समापन गर्नुभएको थियो ।